Kabaddi Kabaddi Movie

विष्णु शर्मा
जब राजनीतिमा प्रेम घुस्छ तब सिद्धान्त नक्कली हुन्छ । फिल्म ‘कबड्डी कबड्डी’को तथ्य हो यो, परिभाषा अलग हुनसक्छन् । २ घन्टा १० मिनेट लामो फिल्मले हिमालपारिको जिल्ला मुस्ताङको थकाली समुदायमा व्याप्त फुपुचेला विहे गर्ने चलन र संसदीय चुनावको रस्साकस्सीको कथा पेश गर्छ । हिमाली सौन्दर्यको मानवीय निर्ममता फिल्मको आख्यान हो । जब आफन्तमा राजनीति घुस्छ तब हार्दिकता गौण बन्छ र सुरु हुन्छ अंकगणित । फिल्म ‘कबड्डी कबड्डी’को तथ्य हो यो, परिभाषा अलग हुनसक्छन् ।जब खेलको नियम तोड्ने बेला आउँछ तब खेलको नियम राम्रोसँग बुझ्नुपर्छ । फिल्म ‘कबड्डी कबड्डी’को तथ्य हो यो, परिभाषा अलग हुनसक्छन् ।सहरमा रिलिज भएको फिल्म ‘कबड्डी कबड्डी’ हेर्दा मलाई लाग्यो –‘नेपाली सिनेमा अब ‘लुट’ र निश्चल बस्नेतको ह्याङओभरबाट मुक्त हुनैपर्छ । जब सोचको रिसाइकल हुन छाड्छ, हामी सिर्जनात्मक प्रयोगका सिपाही बन्छौं


तर, के आख्यानसँग संरचना, मनोविज्ञान, आन्चलिकता र दर्शन हुँदैन ? अवश्य पनि हुन्छ । तर, ‘कबड्डी कबड्डी’ले साहित्य सिद्धान्तलाई अस्वीकार गरिदिएको छ । उपेन्द्र सुब्बा र रामबाबु गुरुङजस्ता साहित्यका ‘हु इज हु’बाट भएको यस्तो उत्पादनलाई कसरी लिने ? एकछिन पात्र चर्चा गरौं । मैंयाको लागि जस्तोसुकै सम्झौता गर्न तयार हुने काजी (दयाहाङ राई), प्लेब्वाइ शैलीको तर हृदयदेखि माया गर्ने बमकाजी (सौगात मल्ल), सहरिया युवकलाई मनपार्ने मैंया (रिस्मा गुरुङ) र छोरीलाई राजनीतिको दाउमा राख्ने मामा फिल्मका मुख्य पात्र हुन् । कथालाई यी पात्रले लिड गर्छन् । तर, यी सबै पात्रको रङ खैरो छ । श्यामश्वेत होइन । पात्रबीच द्धन्द्धको विकास नहुनु समस्या हो । यो ‘जोखिम तत्व’ पात्रबीच छैन । काजी र बमकाजीलाई ग्रे क्यारेक्टरको रुपमा स्थापित गर्न खोजिएको छ तर, खैरो पात्रको स्थापना साहित्यको जटिल आयाम हो । केन्द्रिय पात्रको रुपमा दयाहाङसामु द्धन्द्ध र सम्बन्धको विकास उति छैन । सौगात थकाली युवकको रुपमा मिस्डकास्ट लाग्छन् । विजय बराल र रिस्मा बस्नेतको अभिनय सुन्दर छ ।  
Sroth : merocinema

Share this

Related Posts

Previous
Next Post »